१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाले बाँकेका तीनै क्षेत्रमा टुंग्यायो उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । उक्त पार्टीले बाँकेको क्षेत्र नम्बर १मा सुरेश थारु, क्षेत्र नम्बर २ मा विवेक श्रेष्ठ र क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका नेता डा. राजकुमार सुवेदीले जानकारी दिए ।  

पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । थारु यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नागरिक उन्मुक्ती पार्टीबाट उम्मेदवार बने पनि पराजित भएका थिए । 

यस्तै श्रेष्ठ नेपालगन्जमा ब्यवसायसँगै रास्वपाको राजनीतिमा छिरेका हुन् । यसैगरी दलित अभियन्ता हुँदै राजनीतिमा लागेका सुनार केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

प्रकाशित: ५ माघ २०८२ १९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App