राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्ने भएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक सूचना जारी गर्दै बिहान ११ बजे बैठक बस्ने जानकारी दिएका हुन्।
काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय (घन्टी घर) मा बस्ने उक्त बैठकका लागि विभिन्न पाँचवटा कार्यसूची तय गरिएका छन्।
बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा गर्ने, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विषयमा छलफल हुनेछ।
त्यसैगरी, आगामी दिनमा सञ्चालन गरिने अभियान तथा कार्यक्रमहरू र विविध विषयमा पनि छलफल हुने पार्टीले जनाएको छ।
प्रकाशित: १३ श्रावण २०८३ ०६:५८ बुधबार





