७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

महावीरलाई रास्वपाको समर्थन, तीन जनाले उम्मेदवारी हापे

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समर्थन गर्ने भएको छ। रास्वपाले पुनलाई समर्थन गर्ने निर्णय गरेपछि म्याग्दीमा रास्वपा उम्मेदवार बनेका युवराज रोकाले उम्मेदवारी हापेका(फिर्ता लिएका) छन्। 

शनिवार पूर्व मन्त्री पुनले बेनीको वीरेन्द्र चोकमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रास्वपा उम्मेदवार रोकाले आफूले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको घोषणा गरेका छन्। उनले पार्टीको निर्देशन र शुभेच्छुकहरूको सुझावअनुसार पुनलाई सघाउने निर्णय गरेको बताए। 

आफूलाई उम्मेदवारी फिर्ता लिन दबाब भएको बताउँदै रोकाले पुनलाई भेट्नै मुस्किल भएको पनि पत्रकार सम्मेलनमा सुनाए। रोक्काले आफूलाई समर्थन गरेपछि पुनले ‘बल्ल बुद्धि आएछ’ भनेर प्रतिक्रिया दिएका थिए। 

रास्वपा बाहेक स्वतन्त्र उमेदवार बनेका नवीन जिसी र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले पनि पुनलाई सघाउँदै उम्मेदवारी फिर्ता लिइसकेका छन्। 

पुनसँग अब नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी,  नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीलगायत प्रतिस्पर्धी कायम छन्। 

प्रकाशित: १० माघ २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App