२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन–जी आन्दोलनमा ‘राजाबादी’को हस्तक्षेप

सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले अहिले नयाँ चुनौतीको सामना गरिरहेको छ। उनीहरुको  आन्दोलनमा पछिल्लो समय राजावादीहरू हाबी हुन खोजेको देखिन्छ।  

ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न थालेका छन्।   

जेनजी पुस्ताले स्वतन्त्रता, समानता र उत्तरदायी शासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको भए पनि कतिपय राजाबादी समूहहरूले यो अवसरलाई राजसंस्थाको पुनस्र्थापना र राजाबादी एजेन्डा अघि बढाउन प्रयोग गर्न थालेका छन्। राजाबादी पक्षधर ठानिएका संस्थाका प्रतिनिधि समेत यस्तो वार्तालामा देखिन थालेका छन्।

उनीहरूले युवाको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने रणनीति अपनाइरहेका छन् भन्ने आशङ्का जेनजीले व्यक्त गरेका छन्।आन्दोलन सुरु भएको केही दिनमै प्रहरीको गोली प्रयोगमा २७ जना युवाले ज्यान गुमाएपछि आन्दोलन झनै भावनात्मक र संवेदनशील बनेको छ।  

जेनजीहरुले लोकतन्त्रको पक्षमा उठाएको आवाजलाई कुनै पनि एजेन्डा वा विचारधाराले कब्जा गर्न नपाइने बताउँछन्। यो आन्दोलन सबै नागरिकको स्वतन्त्रताको पक्षमा हो, कुनै संस्थाको पुनस्र्थापना वा सत्ता कब्जा गर्ने साधन होइन भन्ने उनीहरूको भनाई छ।  

 यस कारण उनीहरूले आफ्ना साथीहरूलाई च्याट समूहमै सचेत गराइरहेका छन्। ‘राजावादीहरू हाबी हुन खोजिरहेका छन्, तर हामीले सचेत रहनुपर्छ, भन्दै  उनीहरूले समूहभित्रमै आफ्ना साथीहरूलाई सचेत गराइरहेका छन्।

प्रकाशित: २६ भाद्र २०८२ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App