२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाले सङ्कलन गर्‍यो ५५ लाखभन्दा बढी चन्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५५ लाखभन्दा बढी चन्दा सङ्कलन गरेको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियानका लागि रास्वपाले चन्दा सङ्कलन गरेको हो।

यसअन्तर्गत अहिलेसम्म ५५ लाखभन्दा बढी चन्दा सङ्कलन भएको लामिछानेका सचिवालय सदस्य प्रमोद न्यौपानेले जानकारी दिए। 'हामीले स्वत:स्फूर्त रूपमा सहयोग गरिदिनुस् भनेका थियौँ। त्यसमा अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ सङ्कलन भएको छ,' उनले भने।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई 'राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको' रूपमा अर्थ्याएका छन्। त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाले दोहोर्‍याउँदै आएको छ। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो।

यसका लागि खर्च पनि त्यहीँ जुटाउने उद्देश्यका साथ रास्वपाले चन्दा पनि सङ्कलन गरेको हो।

यो पनि पढ्नुहोस्

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन

प्रकाशित: ८ श्रावण २०८२ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App