२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति कार्यालयबाट लुटिएका सामान बुझाउन आग्रह

राष्ट्रपतिको कार्यालयबाट चोरी भएका सामग्री फेला परे बुझाउन राष्ट्रपति कार्यालय शीतल निवासले आग्रह गरेको छ ।  

आइतबार एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालयको प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाले लुटपाट भएका सामान फेला परे बुझाउन आग्रह गरेको हो ।  

भदौ २४ मा भएको आगलागी र तोडफोडका क्रममा राष्ट्रपतिको कार्यालयबाट कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका भौतिक सामग्री लुटपाट गरी चोरी भएको छ।

यी सामान कसैले देखे, भेटे वा आफ्नो साथमा पाएमा कार्यालयमा बुझाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । सामग्रीको बारेमा कुनै जानकारी भएमा कार्यालयमा वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन सकिने राष्ट्रपति कार्यालयले जनाएको छ ।  

सामानका बारेमा जानकारी दिन तथा बुझाउन सेनानी सुस्मिता थापा ९८४१५२०२५६ तथा नायव सुब्बा समसेर कार्की ९८५४०४५६७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।  

कार्यालयले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने उल्लेख गर्दै चोरी भएका सामग्रीको पुनःप्राप्तिका लागि आम नागरिकसँग सहयोगको अनुरोध गरेको छ।

प्रकाशित: २९ भाद्र २०८२ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App