प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गरेका बिदाइ भेटका क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
सो क्रममा प्रधानमन्त्रीले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे।
भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे।
सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी दिए। उनले नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरे।
प्रकाशित: १३ आश्विन २०८३ १४:२५ मंगलबार





-600x400.jpg)