४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

जेठ ६ गते कोशी प्रदेशसभा अधिवेशन आह्वानको सिफारिस

कोशी प्रदेश सरकारले आगामी जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा मनोनीत गरेको हो ।

सरकारले केही महत्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय पनि गरेको छ । जसअनुसार ‘कोशी प्रदेश तथ्यांक नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।

यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश, २०८३’ लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने लगायतका निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए ।

प्रकाशित: ३१ वैशाख २०८३ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App