नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताएका छन्। नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्मा आउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरुले माग गरेका हुन्।
सांसद दुलाल बोल्नुअघि रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताएका थिए।
त्यसपछि बोलेका दुलालले पाँच वर्ष नियमावलीको दफा ३८ देखाएर प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो ? भनी प्रश्न गरेका थिए।
प्रकाशित: ३० वैशाख २०८३ १३:४९ बुधबार





