३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रवि लामिछाने भन्छन् : प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै समृद्धिको यात्रामा अघि बढौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर सुशासन र समृद्धिको यात्रामा अघि बढ्न आह्वान गरेका छन्।

आज प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लामिछानेले यस्तो आह्वान गरेका हुन्। उनले लोकतन्त्रको मर्मलाई आत्मसात गर्दै नागरिक अधिकार, समानता र उत्तरदायी शासनलाई बलियो बनाउन सबै नेपालीलाई मिलेर काम गर्न आग्रह गरे।

'प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसकाे शुभकामना,' उनले भने। 

लामिछानेले यही अवसरमा हिजोबाट सुरु भएको पवित्र रमजान महिनाको पनि शुभकामना व्यक्त गरेका छन्। उनले रमजानले शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाओस् भन्ने कामना गरेका छन्।

'हिजाेबाट सुरु भएकाे पवित्र रमजान महिनाकाे समस्त मुस्लिम समुदायलाई मुवारक! यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गराेस्,' उनले भने।

प्रकाशित: ७ फाल्गुन २०८२ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App