प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी बनेका हुन्।
उनले ११ हजार ११० मत प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे।
यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले आठ हजार ८८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले एक हजार ५६० मत प्राप्त गरे।
यस क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो।
प्रकाशित: २४ फाल्गुन २०८२ ०१:०७ आइतबार





