नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी नेतृ रामकुमारी झाँक्रीले आफूमाथिको कारबाहीलाई लिएर नेता माधवकुमार नेपालमाथि कटाक्ष गरेकी छन्।
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड भन्दै उनले नेपालमाथि कटाक्ष गरेकी हुन्।
यस्तो छ झाँक्रीको सन्देश:
प्रिय कमरेड माधव
अभिवादन!
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाईँ सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो। विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईँ जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधै सम्झने छु।
प्रकाशित: २१ कार्तिक २०८२ ०९:११ शुक्रबार





