२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

पूर्व राष्ट्रपति भण्डारीलाई प्रश्न: तपाईँलाई एमाले नेतृत्वमा देख्न पाइन्छ? जवाफ–पाइन्छ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई भविष्यमा नेकपा एमालेको नेतृत्वमा देख्न पाइने दाबी गरेकी छन्। मंगलबार जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन गएका बेला पत्रकारले राखेको जिज्ञासाको उत्तर दिँदै भण्डारीले यस्तो बताएकी हुन्। 

उपस्थित पत्रकारले पूर्व राष्ट्रपति भण्डारीलाई ‘एमाले नेतृत्वमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन? भनेर सोधेका थिए। जसको उत्तरमा भण्डारीले भनिन्, ‘पाउनुहुन्छ। म आइराखेको छु।’ 

पार्टी सदस्यता विवादको विषयमा भने भण्डारी बोल्न चाहिनन्। ‘यस विषयमा कुरा नगरौँ होला। त्यो नेकपा एमालेको आन्तरिक मामिला भयो। पार्टीले के गर्दैछ? पछिल्लो अवस्था थाहा भएन,’ उनले भनिन्, ‘नेकपा एमाले भन्दा पनि नेकपा माले कालदेखि नै हामीले सदस्यता लिएको हो। हामी २०३५/३६ सालको विद्यार्थी आन्दोलनबाट अगाडी बढेको पुस्ता हो र ०४६ भन्दा अगाडी नै हामीले त्यो चाहिँ पार्टीको सदस्यता लिएको हो। अब त्यो छँदै नै छ, अब के प्राविधिक कठिनाइ प¥यो पार्टीलाई। त्यो मलाई थाहा भएन।’ 

प्रकाशित: १८ कार्तिक २०८२ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App