मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ।
उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्।
सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेपछि मुख्यमन्त्री यादवले मंगलबार प्रदेश सभालाई विश्वासको मत लिने वातावरण मिलाइदिन पत्र पठाएका थिए।
उनले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाए पनि मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको हो।
प्रकाशित: १६ मंसिर २०८२ २०:५० मंगलबार





