१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

फाइल।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो। पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो।

शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो।

महाशिवरात्रि भोलि हो। कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App