१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

चुनाव बहिष्कार अभियानमा संलग्न तीन जना पक्राउ

चुनाव बहिष्कार अभियानको नेतृत्व गर्दै आएका तीन जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ।  

प्रहरीले इलाम माङ्सेबुङ गाउँपालिका वडा नं. १ का ३८ वर्षीय प्रविन मिश्र, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१० का ५१ वर्षीय सीताराम बुढाथोकी र जिल्ला भोजपुर साल्पा सिलिसो गाउँपालिका वडा नं. १ का ४६ वर्षीय डिल्लीराम बोहोरालाई पक्राउ गरेको हो। उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काले जानकारी दिए।  

फागुन २१ गते हुन प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। प्रहरीले चुनाव विरोधी गतिविधी गर्ने समूहलाई निगरानी गर्न एक सातादेखि विशेष टोली परिचालन गरेको छ।

जिल्लामा निर्वाचनका लागि १६७ मतदान स्थलमा रहेकामा सुरक्षाका आधारमा ५९ वटा अति संवेदनशील र ६६ वटा संवेदनशील भन्दै विशेष सुरक्षा व्यवस्था मिलाएको डिएसपी खड्काले बताए। ती मतदान केन्द्रमा सोमबारदेखि प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: १७ फाल्गुन २०८२ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App