फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आवश्यक सामग्री देशभरी पुगिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन।
उनले आइतवार एक कार्यक्रममा निर्वाचनको लागि आवश्यक सामाग्री देशभरी पुगिसकेको बताए। 'उच्च पहाडीदेखि हिमाली जिल्लासम्म सबै सामग्री पुगेको छ', आयुक्त भण्डारीले भने।
सबै निर्वाचन क्षेत्रमा जनशक्ति, मतदान कागजात अन्य आवश्यक सामाग्री पुगे/नपुगेको हेर्नको लागि छुट्टै समितिले यकिन गरेपछि मात्र जानकारी दिएको उनको भनाइ छ। 'सब स्थानमा सामाग्री पुगिसकेको छ, निर्वाचनको व्यवस्थापनको लागि सबै तयारी भइसकेको छ', उनले भने।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:१६ आइतबार





