प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन्। सत्तासीन दल नेकपा (एमाले) का नेता महेश बस्नेतका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको हो।
'प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको भारत भ्रमण भदौ ३१ गतेका लागि सुनिश्चित भएको छ,' नेता बस्नेतले जानकारी दिए।
भ्रमण प्रधानमन्त्री ओलीको दृढ कूटनीतिक नेतृत्व, सफल वैदेशिक नीति तथा छिमेकी राष्ट्रसँगको विश्वासिलो सम्बन्धको प्रत्यक्ष प्रमाण भएको नेता बस्नेतको दाबी छ। 'आशा छ, यस ऐतिहासिक भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै दुवै देशको पारस्परिक हित, मित्रता र सहकार्यलाई अझ मजबुत बनाउनेछ,' उनले भनेका छन्।
प्रकाशित: ४ श्रावण २०८२ १६:५६ आइतबार





-600x400.jpg)