चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ..’ भन्दै उतैबाट नेपाल सम्झिएका छन्। शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भेट गरेका ओलीले आइतबार सामाजिक सञ्जालमा ‘आमा र जन्मभूमि (देश) स्वर्गभन्दा पनि महान् हुन्छन्’ भाव व्यक्त गर्दै मुलुक सम्झिएका हुन्।
सीसंगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको अविभाज्य भूभाग भएको प्रस्ट पार्दै भारत–चीनबिच यसलाई व्यापारिक मार्ग बनाउने सम्झौताप्रति कडा आपत्ति जनाएको समाचार आउँदै गर्दा ओलीको यो पोष्ट आएको हो।
ओलीले लेखेका छन्: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी .. जय जय – नेपाल !
प्रकाशित: १५ भाद्र २०८२ ०८:२१ आइतबार





