१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शान्ति, स्थायित्व र राष्ट्रिय एकताका लागी निर्वाचन सफल बनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई  सफल बनाउन सबैलाई आह्वान गरेका छन्। लोकतन्त्रमा जनताको अभिमत व्यक्त गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएकाले यसलाई उत्सवका रूपमा सम्पन्न गर्न आग्रह गरेका हुन्। 

साथै राष्ट्रपति पौडेलले निर्वाचनलाई  सफल  र शान्तिपूर्ण बनाउन सबै नागरिक, राजनीतिक दल तथा सम्बन्धित निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन्। 

सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने बताए। यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतको लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आव्हान गरेका हुन्।  

नेपाल शेर्पा संघद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मंगलबार शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सुशासन र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन स्वच्छ, निष्पक्ष र सफल निर्वाचन अपरिहार्य रहेको धारणा व्यक्त गरे।  

साथै मौलिक नेपाली पहिचानको रक्षा गर्दै राष्ट्रिय एकताको भावना बलियो बनाउनु सबैको साझा दायित्व भएको र विभिन्न जातजाति, भाषा, संस्कृति र परम्पराले नेपालको पहिचान निर्माण गरेको बताउँदै आपसी सद्भाव, एकता र भ्रातृत्व अभिवृद्धिमा चाडपर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे। 

प्रकाशित: ५ फाल्गुन २०८२ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App