राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले यसअघि संवैधानिक परिषद् सम्बन्धीसहित ८ वटा अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकाे थियाे । तर अरु ७ वटा अध्यादेश जारी गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारको लागि भन्दै पाैडेलले आइतबार सरकारलाई फिर्ता पठाएका थिए।
तर सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमा कुनै पुनर्विचार नगरी जस्ताकाे त्यस्तै पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले मंगलबार सो अध्यादेश जारी गरेका छन् ।

प्रकाशित: २२ वैशाख २०८३ १२:४२ मंगलबार





