राजनीतिक विश्लेषक हरि रोकाले पनि अहिलेको परिस्थिति पुराना दलका लागि सहज नभएको बताए। यो असहजता महसुस गरेर नै पुष्पकमल दाहालले विभिन्न १० जिल्लाबाट आफ्नो नाम सिफारिस गराएको हुन सक्ने आशंका गरे।
‘हावा कसरी बग्छ, त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा नेताहरूलाई पनि चुनाव जितिहालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘जहाँ आफूलाई बलियो देख्छन् , त्यहाँबाट उम्मेदवारी दिन खोज्छन्।’
माओवादी नेता पुष्पकमल दाहालको हकमा यसअघि पनि यस्तै अभ्यास भएको उनी बताउँछन्। ‘आफ्ना मतादता धेरै भएको स्थान खोज्नु स्वाभाविक हो,’ एकै नेता धेरै ठाउँबाट सिफारिस भएको तर्फ उनले भने, ‘चुनावी वातावरणमा नेताहरूले आफूलाई कसरी उभ्याउँछन्, त्यो भने हेर्न बाँकी नै छ।’
प्रकाशित: १६ पुस २०८२ ०९:०३ बुधबार





