आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको बताएका छन्।
पार्टीको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौ।'
भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामग्रीमा पनि सरकारले भन्सार कर लगाउने गरेको उनले आरोप लगाए।
प्रकाशित: १८ आश्विन २०८३ १४:५५ आइतबार





