निर्वाचन आयोगले ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ नामक राजनीतिक दललाई खारेज गरेको छ।
पार्टीले तोकिएको समयमा आफ्नो लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाउन नसक्दा दल खारेज भएको हो। आयोगका अनुसार पार्टीको तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाउन बाँकी रहेको छ।
राजनीतिक दलसम्बन्धी कानुनअनुसार हरेक दलले पुष मसान्तसम्ममा लेखा परीक्षण गरेर माघ मसान्तभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ। उक्त नियम पालना नगर्दा दल खारेज भएको आयागले बताएको छ।
प्रकाशित: २२ मंसिर २०८२ १३:५७ सोमबार





