१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पाण्डेले भने: झाँक्रीले सुध्रिन्छु भने माफी मिनाहा हुन्छ

‘माधव नेपाललाई सिंगो मुलुकले भ्रष्टाचारी भन्न सक्दैन’

नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले ‘सुध्रिन्छु’ भने पार्टीले माफी मिनाहा दिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयं झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गर्दै अब सुध्रिने प्रतिबद्धता व्यक्त गरे माफी मिल्ने बताएका हुन्। 

‘उहाँले जे बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन,’ नेता पाण्डेले भने। 

नेपाल अहिले पनि देशको अग्रणी नेता भएको र उनलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले नरुचाउने पनि उनले बताए। ‘तर, उहाँ(झाँक्री)ले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन,’ उनले भने।

यस सम्बन्धमा पार्टीको सचिवालय बैठक बसेर छलफल गरेको पनि सचिव पाण्डेले बताए। उनले भने, ‘यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहो¥याउने गरी र अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’ झाँक्रीमाथि कारबाही हुने÷नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए। 

प्रकाशित: २८ असार २०८२ १७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App