१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा कपिलवस्तुको सभापतिमा सुवेदी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको जिल्ला सभापतिमा शिव कुमार सुवेदी दोस्रो कार्यकालका लागि भारी मतले विजयी भएका छन्। 

सुवेदीले विक्रम थापालाई १ सय ७० मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य रमेश मिश्राले बताए। सुवेदीले २ सय ३५ र थापाले ६५ मत मात्र पाएका थिए। यस्तै रामनिवास पुरीले १ सय ८० मत ल्याउँदै उप सभापति बनेका छन्।

उप सभापतिका उम्मेदवारहरू चिरञ्जीवी आचार्यले ८२, अनुप मरासिनीले ३२ मत पाएका थिए। यमलाल आचार्यले २ सय ९ मत ल्याएर सचिवमा निर्वाचित भएका छन्।

सचिवमा गुरुदेव पौडेलले ६० र सुशील खत्रीले ४४ मत पाएका थिए। सह सचिवमा १ सय २३ मत ल्याउँदै देवेन्द्र कुमार शर्मा विजयी भएका छन्। सह सचिवमा माहोम्मद ईदमुसलमानले ९६, विलाल पौडेलले ४७ र कृति मल्लले ३२ मत ल्याएका थिए।

मुस्लिम कलस्टर तर्फ माहोम्मद मोहसिन कमाल,जिल्ला तर्फ,क्षेत्र नम्बर १ जिल्ला सदस्यमा रबिन कार्की निर्वाचित भएका छन्। 

क्षेत्र नम्बर २ मा जिल्ला सदस्य तर्फ शिवपुजन चाई र विनोद केवट तथा क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्यमा दीपक रजौरिया निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ मा उप संयोजकमा तेज प्रसाद पौडेल निर्वाचित भएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८३ ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App