मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएका हुन् । २३ वर्षीया युवतीले आफूलाई अहिराजले घाँटी र मुख थिचेर बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई गत साउन ४ मा गते पक्राउ गरेको थियो ।
थुनछेक बहसपछि न्यायाधीश शर्माले उनलाई थुनामा पठाउन आदेश दिएका हुन् । कोठामा आएर आफूलाई बलात्कार गरेको तथा घटना दबाउन बारम्बार धम्की दिएको पीडित किशोरीको भनाइ छ । अहिराजले भने घटना अस्वीका गर्दै आएका छन् ।
प्रकाशित: १४ श्रावण २०८२ १८:२२ बुधबार





