१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सकियो ओली-विद्या वार्ता, के कुराकानी भयो ?

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ।

आइतबार (आज) दिउँसो पौने ४ बजे सुरु भएको वान् अन वान् वार्ता झन्डै दुई घण्टा चलेर सकिएको हो। वार्तापछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिइन्।

छलफलपछि जानकारी दिँदै नेता कर्ण थापाले छलफल राम्रो भएको लख काटे। 'छलफल त उहाँहरूका बीचमा मात्रै भयो। उहाँहरूका बीचमा दुई घण्टा छलफल भयो। उहाँहरूका बडी ल्याङ्ग्वेज हेर्दाखेरि सकारात्मक देखेँ। उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेको; भनेपछि उहाँहरू दुबै सकारात्मक हुनुहुन्छ,' उनले भने। 

शनिबार सकिएको एमाले पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण भइनसकेको भन्दै उचित समयमा उचित निर्णय हुने निष्कर्ष निकालेको थियो। यसपछि भण्डारी आझ पार्टी अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल पुगेकी हुन्।

सोमबार (भोलि) एमालेको केन्द्रीय समिति बैठक बस्दैछ। भण्डारीले उक्त बैठकअगावै आफ्नो सदस्यताबारे समाधान खोजेकी हुन्। 

प्रकाशित: ४ श्रावण २०८२ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App