९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

बालकोटमा ओली, खण्डहर घर हेरेर टोलाए [तस्बिरहरू]

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भग्नावशेष भएको आफ्नो घर हेर्न बालकोट पुगेका छन् ।  

जेनजी आन्दोलनपछि क्षतिग्रस्त भएको निजी निवास हेर्न ओली बुधबार बालकोट पुगेका थिए । उनले क्षतिग्रस्त भएको भवन हेरे, पुस्तकालय हेर र टोलाए ।  

जेनजी आन्दोलनपछि उन अहिले गुण्डु बस्न थालेका छन् । गुण्डु बस्न थालेको पनि धेरै दिनपछि उनले आफ्नो भवन हेर्न पुगेका थिए ।  

पहिले गेटमा पुगेर धेरैबेर वरपरको अवस्था हेरेका ओलीले क्रमश: बार्दली, जलेर क्षतिग्रस्त बनेको भवन, पुस्तकालय निकै बेरलगाएर हेरेका थिए ।  

ओलीसँगै पत्नी राधिका शाक्य तथा एमालेका नेता बालकोट पुगेका थिए।

प्रकाशित: ५ कार्तिक २०८२ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App