२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

महाराजगञ्जमा ओली-देउवाको भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।  

देउवालाई भेट्न ओली तथा नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका छन् ।  

भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुनेछ ।  

दुवै दल सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै माहौल बने निर्वाचनमा जाने बताउँदै आएका छन् । यद्यपी दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दावी गर्दै आएका छन् ।  

दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका छन् । 

प्रकाशित: ७ पुस २०८२ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App