प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नखोसेको दाबी गरेका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति हुन भण्डारीले आफै सदस्यता त्यागेको बताएका हुन्।
‘उहाँको सदस्यता खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो,’ ओलीले भने,‘पार्टीले किन खोस्छ सदस्यता, थिएन त्यसो भएकाले खोस्नै परेन ।’
पूर्व राष्ट्रपति भण्डारीले सदस्यताका लागि आवेदन पनि नगरेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘नवीकरणका लागि पार्टीमा आएर कुरा पनि गर्नुभएको छैन । बाहिर टेलिभिजनले दिने त होइन होला ?’, उनले भने। दर्ता चलानी शाखामा आएर पैसा बुझाउँदैमा कसैको सदस्यता नवीकरण नहुने पनि उनले बताए।
प्रकाशित: ६ भाद्र २०८२ १७:१७ शुक्रबार





