१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

०४६ सालमात्र होइन २००७ सालदेखिकै सम्पत्ति छानविन हुनुपर्छ: झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए ।

उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं । केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध गरिएको थियो । तथापी त्यसलाई सामान्यकरण गरियो ।’

त्यस्तै उनले सम्पति छानविनको लागि नेकपाका सम्पूर्ण नेताहरु तयार रहेको बताए ।

४६ सालदेखिको मात्रै नभई ७ सालदेखि कै सम्पति छनाविन गर्नुपर्ने उनको माग छ । ‘सम्पति छानविनको लागि हाम्रो पार्टी एकदमै तयार छ । हाम्रो पार्टीको सबै नेताहरुको छानविन होस्, तर २०४६ साल यताका मात्र होइन् । जुनसुकै कालखण्डमा गलत ढंगबाट सम्पति जोडेका ७ सालदेखिकै सबैलाई छानविन गर्नुपर्छ । उनीहरुलाई किन जोगाउँदै छ यो सरकारले ?,’ उनले भने ।

प्रकाशित: २७ चैत्र २०८२ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App