१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

भृकुटीमण्डपमा धमाधम मनोनयन दर्ता (तस्बिरहरु)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मंगलबार साँझ चुनावी सरगर्मी ह्वात्तै बढेको छ।

दिनभरको बन्दसत्र सकिएलगत्तै निर्वाचन समितिले प्रक्रिया अघि बढाएपछि अहिले उम्मेदवारहरूले धमाधम मनोनयन दर्ता गराइरहेका छन्।

साँझ ६:३० बजेदेखि सुरु भएको मनोनयन दर्ताका लागि तोकिएको समय छोटो भएकाले उम्मेदवारहरू हतारोमा देखिन्छन्।

निर्वाचन समितिको डेस्क वरिपरि उम्मेदवार, प्रस्तावक र समर्थकहरूको बाक्लो भीड लागेको छ।

चिसो मौसम र रात छिप्पिँदै गए पनि महाधिवेशन स्थलमा नेता-कार्यकर्ताको उत्साह भने कम भएको छैन। पदाधिकारीहरू लामबद्ध भएर मनोनयन दर्ता गराइरहेका छन्।

हेराैं तस्बिरहरु। सबै तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २९ पुस २०८२ २०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App