२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखको मनोनयन आज: रास्वपाबाट डिपी अर्याल उम्मेदवार

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। तालिका अनुसार सभामुखको निर्वाचन यही चैत २२ गते आइतबार हुने छ।

सभामुखका लागि चैत २० गते शुक्रबार बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन दिउँसो २:३० बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ भने २२ गतेको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ।

यसैबिच, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राखेको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।

यस्तै, राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय भएको छ। यसका लागि चैत २२ गते दिउँसो २:३० देखि ३:३० सम्म मनोनयन दर्ताको समय दिइएको छ। सोही दिन अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने र २३ गते दिउँसो १:१५ बजे बस्ने बैठकले उपाध्यक्ष चयन गर्ने सचिवालयले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८२ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App