गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले घोषणापत्र सार्वजनिक गरेकी छिन्। काठमाडौं–५ बाट चुनावी मैदानमा रहेकी उनले सामाजिक सञ्जालमार्फत शनिबार आफ्नो घोषणापत्र जारी गरेकी हुन्।
यसबारे गराउँदै उनले भनिन्, ‘यो दस्तावेज वाचा र नाराको सूची होइन, यो मैले प्रतिनिधि सभामा पुगेर के–कसरी काम गर्न चाहन्छु भन्ने स्पष्ट प्रतिबद्धता हो। यस घोषणापत्रमा मैले सडक र पूर्वाधारदेखि जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, खेलकुद, संस्कृति, ज्येष्ठ नागरिकको सम्मान र महिलाको अर्थपूर्ण सहभागितासम्मका विषयहरूलाई नीतिगत दृष्टिले राखेकी छु।’
उनले अगाडि भनेकी छिन्, ‘यो घोषणापत्र पूर्ण हुन सक्छ भन्ने दाबी म गर्दिनँ। तर यो इमानदार छ। यो गम्भीर छ। र यो तपाईंहरूसँग संवाद सुरु गर्ने आधार हो।’
उनले लोकतन्त्र नाराले नभएर नीति र संवादले बलियो बन्ने दाबी समेत गरेकी छिन्।






प्रकाशित: १८ माघ २०८२ १०:२७ आइतबार





