बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना रोल्पामा पनि सुरु भएको छ। शुक्रबार सर्वदलीय बैठक सकिए लगत्तै रोल्पामा दिउँसो १ः३० बजेबाट मतगणना सुरु भएको हो।
बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि सर्वदलीय सहमति नजुटेपछि मतगणनामा ढिलाई भएको हो। मतदानका दिन सुनिलस्मृती गाउँपालिका अरेशमा कुटिएका कार्यकर्ताको उपचार हुनुपर्ने र कुटपिटमा संलग्नलाई मुद्दा नचलाएसम्म गणना गर्न नदिने भन्दै एमालेको अडानका कारण गणना ढिला भएको हो।
बिहीबार सम्पन्न निर्बाचनमा रोल्पामा ४६.३९ प्रतिशत अर्थात ६९ हजार ४ सय ८ मत खसेको थियो।
जिल्ला सदरमुकाममा रहेको घरेलु तथा साना उद्योग कार्यालयको हलमा मतगणना भैरहेको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:१५ शुक्रबार





