१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् ।  

बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि   लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

विराटनगर महानगरपालिकाका पूर्वकर्मचारी निरौला सप्तकोशी विकास बैंकका पूर्व अध्यक्ष पनि हुन् । 

प्रकाशित: ३ मंसिर २०८२ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App