नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन तथा त्यसअघिको राष्ट्रिय सभाको निर्वाचनका लागि सर्वसम्म्त उम्मेदवार चयन गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा मैवाखोला गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार प्रत्यक्षतर्फ तत्कालिन नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)को नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।
बुढाक्षेत्री २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवाद केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईसँग २०८ मतको झिनो अन्तरले पराजित भएका थिए ।
यस्तै समानुपातिकतर्फ आरसी पोमू,दावाछिरिङ शेर्पा(बिशालु),असिम लिम्बू(जेन जी)र कल्पना तुम्बाहाम्फेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि पर्शुराम कार्की र नेत्र नेपालीको नाम सिफारिस गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।
प्रकाशित: ११ पुस २०८२ १८:३२ शुक्रबार





