१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रिय सभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त प्रतिवेदन पेस गरे।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गरिन्।

बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइन्।

प्रकाशित: १ फाल्गुन २०८२ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App