२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

कप्तानगञ्जमा भएको हत्या प्रकरणबारे प्रधानमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्छ : सांसद शर्मा

नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणबारे संसद्‍मा प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रष्ट पार्नुपर्ने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले उक्त माग गरेका हुन्।

उनले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए।

उनले सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न समेत गरे।

प्रकाशित: १४ श्रावण २०८३ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App