१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

उमेर हद र दुई कार्यकालको विषयमा गलत प्रचार भयो: एमाले

सत्तारुढ नेकपा एमालेको जारी विधान महाधिवेशले अघि बढाएको उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयमा गलत प्रचार भएको एमाले प्रचार विभागले जनाएको छ ।

महाधिवेशनमा भइरहेका छलफल र गतिविधिको जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चार माध्यममा गलत सूचना प्रवाह भएको बताए ।

बैठकमा उठेका विषयको जानकारी दिँदै गौतमले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु पर्छ भन्ने विधान संशोधनलाई अधिकांशले सर्मथन गरेको बताएको गौतमले जानकारी दिए । गौतमका अनुसार ढुंगेल नेतृत्वको समूहमा केहीले दुवै प्रावधान नहटाउन पनि सुझाएका थिए ।  

यता कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरेको बताएको गौतमले जानकारी दिए ।  

छलफलका क्रममा सातै प्रदेशसहित १० समूहका नेताले भावि पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस भएको गौतमले बताए । 

प्रकाशित: २२ भाद्र २०८२ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App