१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दैछन्। पत्रकार सम्मेलन बिहीबार (आज) दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ।

सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को उपलब्धि सार्वजनिक गर्दैछन्। अधिकारीले मन्त्रीका रूपमा कार्यसम्पादन गरेको एक वर्ष पुगेको छ। उनले सम्मेलनमार्फत एकवर्षे उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

त्यसो त मन्त्री अधिकारी घुस लिएको अडिओ प्रकरणमा मुछिएका छन्। उनले ३२ लाख घुस लिएको अडिओ बुधबार (हिजो) सार्वजनिक भएको छ। सम्भवत: उनले यसबारे प्रश्नहरूको सामना गर्नुपर्नेछ।

प्रकाशित: १ श्रावण २०८२ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App