नेकपा माओवादी केन्द्रले तोकिएकै मितिमा निर्वाचन गराउन आफूले भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।
पार्टीको बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारले घोषित मिति मै निर्वाचन गराउन लाग्नु पर्ने र त्यसका लागि नेकपा माओवादी केन्द्रले आवश्यक भूमिका खेल्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
अन्तरिम सरकार गठन हुँदा नै आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने गरी प्रतिनिधि सभा विघटन भएको थियो ।
माओवादी केन्द्रले जेन-जीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित: ८ आश्विन २०८२ १६:०२ बुधबार



-600x400.jpg)

