२ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

महेश भन्छन् : प्रचण्ड-माधव लगायतको एकता कुकुर-बिरालो र लोमडीको भेटजस्तै

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसँगको सहमतिलाई कुकुर–बिरालोको गठबन्धन जस्तो भएको बताएका छन्। उनले प्रचण्ड, माधव नेपाललगायत ७–८ दलहरूको एकतालाई कुकुर, बिरालो, घोडा, गधा, लोमडीको भेट भन्दै व्यङ्ग गरेका हुन्।

‘प्रचण्ड, माधव नेपाल लगायत ७–८ वटा दलहरू अहिले एकैचोटी एकताको कुरा गरिरहेका छन्। यो अवस्थालाई यसरी बुझ्दा हुन्छ। हिन्दीमा एउटा कहावत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अगर एक ही घाट पर कुत्ता, बिल्ली, घोड़े, हाथी, गधे, लोमड़ी सब एकसाथ पानी पी रहे हैं, तो समझ लेना कि दूसरे घाट पर शेर अकेला खड़ा है।’   

उनले ओलीतर्फ सङ्केत गर्दै थप भनेका छन्, ‘शेर कौन है। ये तो आप खुद ही समझ सकते हैं।’

प्रकाशित: १८ कार्तिक २०८२ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App