नेकपा एमालेका नेता महेश बस्नेतले जेन–जी आन्दोलनका कारण युवाहरु बेरोजगार हुनु पर्ने अवस्था आएको बताएका छन् । रोजगारी दिने नाममा आन्दोलनले देशलाई गम्भीर असर पु–याएको उनको बुझाई छ।
‘विदेशी श्रमको मुख्य गन्तव्य दुबई र कोरियाले नेपालीलाई भिजिट भिसा तथा वर्किङ भिसा रोकेछ,जसको कारण हजारौँ कामदार र परिवार प्रभावित भएका छन्,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यसले धेरै युवाहरूको रोजगारीमा असर पर्नेछ र मुलुकको रेमिटेन्स समेत घट्नेछ।’
अहिलेको अवस्था भुइँको टिप्न खोज्दा पोल्टाको खसे जस्तो भएको छ भन्दै अब झन अपेक्षित अवसर नपाउँदा युवामा आक्रोश फैलने निश्चितै रहेको उनले बताए।
प्रकाशित: २ आश्विन २०८२ ०७:३३ बिहीबार





