भक्तपुर क्षेत्र नम्बर २ मा अहिले चर्चामा रहेका तीन नेताले चुनावी मैदानमा भिड्ने भएका छन् ।
यो क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा दीपशिखा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
एमालेबाट बस्नते र रास्वपाबाट खत्री उम्मेदवार तय भएपछि सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भक्तपुर-२ मा रामप्रसाद सापकोटा दीपशिखालाई उम्मेदवार बनाएको हो ।
नेकपाका सहसंयोजक माधव नेपालले सापकोटालाई आज टिकट थमाएका हुन्। गएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए।
प्रकाशित: ५ माघ २०८२ १५:३३ सोमबार





