नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुलो मुख बाउने पौराणिक पात्र सुरसाको संज्ञा दिएका छन्।
आज सामाजिक सञ्जालमा लेख्दै रावलले यस्तो संज्ञा दिएका हुन्। उनले जति भए पनि नअघाएर जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख "ऑ..." गरिरहने "झोले" अध्यक्ष केपी ओली नै भएको बताए।
रावलले ओलीका हालैका कामकुराबाट सबै प्रष्ट देखिएको जिकिर गरेका छन्। उनले लेखेका छन्, 'जति भए पनि नअघाएर जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख "ऑ..." गरिरहने "झोले" अध्यक्ष के.पी.ओली नै भएको निजका हालैका कामकुराबाट अब त सबैलाई प्रष्ट भ॓यो होला, होइन र?'
हिजोको सचिवालय बैठकमा अध्यक्ष ओलीले विपक्षी आवाजलाई दबाएको तर्फ संकेत गर्दै रावलले यसतो धारणा व्यक्त गरेका हुन्।
प्रकाशित: २ श्रावण २०८२ १०:४३ शुक्रबार





