११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपासँग पदको बार्गेनिङ गरेको छैन, एकता भंग हुनुमा बाह्य दबाब हुनसक्छ: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकता प्रक्रियामा आफूले कुनै पनि पदको बार्गेनिङ नगरेको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकार गरेर नै एकताका लागि तयार भएको बताए।

उनले पदका लागि बार्गेनिङ गरेको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरे।

पार्टी व्यवस्थापनका विषयमा छलफल चलिरहँदा एक्कासि रास्वपाको शीर्ष तहबाट एकता भङ्ग भएको जानकारी आएको उनले बताए।

घिसिङले भने, ‘समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको थियो, तर प्रत्यक्षतर्फ भने हाम्रा तर्फबाट केही बढी उम्मेदवार उठाउने प्रस्ताव हामीले राखेका थियौं।’

प्रत्यक्षतर्फको उम्मेदवारीबारे सामान्य प्रस्ताव राख्दा नै एकता भङ्ग गरिएपछि आफू आश्चर्यचकित भएको उनले उल्लेख गरे। अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीसँगको एकता भङ्ग गर्न रास्वपालाई अन्यत्रबाटै दबाब आएको हुनसक्ने आशङ्का समेत व्यक्त गरे।

साथै, उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले सशक्त रूपमा तयारी गरिसकेको र एक्लै चुनाव लड्न सक्षम रहेको समेत जानकारी दिए।

प्रकाशित: १० माघ २०८२ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App