निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’ का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले ‘पारस’ का लागि अनुबन्ध गरेको हो।
यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ तर निर्माण पक्षले आधारिक रूपमा सार्वजनिक गरेको छैन। किन फिल्मका कलाकारहरूलाई जसिताले लुकाइरहेकी छन्। यस फिल्मका अन्य कलाकारहरू कोको हुनेछन् भन्नेबारे निर्माण टिमले जानकारी दिएको छैन तर यस फिल्ममा निखिल उप्रेती अनुबन्ध भएसँगै दर्शकमाझ कौतुहल पैदा भइरहेको छ।
एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा निखिल र जसितालाई दर्शकले मन पराउने छन्। यसबाहेक अन्य कलाकार कोको हुनेछन्। त्यो भने निर्माण पक्षले बिस्तारै जानकारी दिने नै छ होला तर निखिल र जसिताको जोडीले दर्शकमाझ फरक टेस्ट भने पक्कै दिनेछ। दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईले बताइन्।
उनले भनिन्, ‘फिल्मको कथाअनुसार नै कलाकार फाइनल गर्दै लगेका छौं।’
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्मलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्।
यसअघि कृषाले ‘ऐचोपैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकीय यो फिल्म तेस्रो हुनेछ। फिल्मको सुटिङ आउँदाे फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ।
प्रकाशित: ११ माघ २०८२ ११:१२ आइतबार




