१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अण्डरपासको माग गर्दै प्रधानमन्त्रीलाई पत्र

नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको माग गर्दै दमौलीका दीपकराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवेदन दिएका छन् ।  

दमौली नगरबासीको तर्फबाट जोशीले स्थानीयबासीको दैनिक आवतजावतमा देखिएको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै अन्डरपास निर्माणको माग गरिएको छ ।  

प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘दमौली हुँदै जाने पृथ्वीराजमार्गको स्तर उन्नति भइसकेपछि यहाँका स्थानीयबासीको दैनिक आवतजावतमा सुरक्षाको गम्भीर चुनौती बनेको छ। सडकको संरचना चौडा र तीव्र गतिमा संचालन हुने भएकाले पैदलयात्री तथा सर्वसाधारणलाई बाटो काट्न निकै जोखिम बढेको छ। यो अवस्थामा दमौली क्षेत्रका बासिन्दाको सुरक्षित आवागमन सुनिश्चित गर्न अन्डरपासको तत्काल निर्माण अपरिहार्य भएको प्रष्ट देखिएको छ।’

छिटो अन्डरपास निर्माण गरी दमौलीबासीको जीवन सुरक्षा गर्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।  

प्रधानमन्त्रीलाई लेखिएको पत्र यस्तो छ:  

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपाल सरकार,

सिंहदरबार, काठमाडौं ।

विषय: दमौलीस्थित पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको लागि अनुरोध।

श्रीमान,

दमौली हुँदै जाने पृथ्वीराजमार्गको स्तर उन्नति भइसकेपछि यहाँका स्थानीयबासीहरूको दैनिक आवतजावतमा सुरक्षा गम्भीर चुनौती बनेको छ। सडकको संरचना चौडा र तीव्र गतिमा संचालन हुने भएकाले पैदलयात्री तथा सर्वसाधारणलाई बाटो काट्न निकै जोखिम बढेको छ।

यस अवस्थामा दमौली क्षेत्रका बासिन्दाहरूका लागि सुरक्षित आवागमन सुनिश्चित गर्न अन्डरपास (underpass highway) को तत्काल निर्माण अपरिहार्य भएको प्रष्ट देखिएको छ।

सडक निर्माणको प्रारम्भिक चरणमै अन्डरपासको व्यवस्था गरिदिएको भए न्यूनतम लागतमै काम सम्पन्न हुन सक्थ्यो। यद्यपि, अझै पनि ढिलो भएको छैन। दमौली बासीहरूको जीवन र सुरक्षाको प्राथमिकतालाई मध्यनजर राखी छिटोभन्दा छिटो अन्डरपास निर्माण गरी यहाँ हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

तसर्थ, दमौली नगरवासीहरूको सामूहिक मागलाई सम्बोधन गर्दै पृथ्वीराजमार्ग अन्तर्गत दमौली क्षेत्रमा अन्डरपास निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्नहार्दिक अनुरोध गर्दछौं।

सधन्यवाद।

निवेदक:

दमौली नगरबासीहरूको तर्फबाट

दीपक राज जोशी

व्यास २, दमौली बजार, तनहुँ  

गण्डकी प्रदेश  

फोन: ९८५१२३४७२५

प्रकाशित: ७ भाद्र २०८२ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App